images

बिहिवार, बैशाख १३ गते २०८१

रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट अर्चित श्रेष्ठले उम्मेदवारी दिदै 

रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट अर्चित श्रेष्ठले उम्मेदवारी दिदै 

images
images
images
मंगलवार, भाद्र १४ २०७९
मंगलवार, भाद्र १४ २०७९
  • रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट अर्चित श्रेष्ठले उम्मेदवारी दिदै 

    भैरहवा, १५ भदौ । 
    शिक्षाप्रेमी तथा युवा उद्यमी अर्चित श्रेष्ठले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आसन्न निर्वाचनमा देशैभरीबाट युवाहरुले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी घोषणा गरिरहेका बेला श्रेष्ठले रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    images

    लामो समयदेखि शिक्षण र कृषि पेशालाई अंगाल्दै आएका श्रष्ठले राजनीतिका माध्यमबाट समाज परिवर्तन गर्ने सोचका साथ प्रदेश सभामा उम्मेदवारी दिन लागेको बताएका हुन् । उनले नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दिन लागेको बताएका हुन् । 

    शुसासन कायम गर्न तथा अग्रजहरुको मार्गदर्शन तथा युवाहरुको जोश र जागरबाट शाशन व्यवस्थालाई सही मार्गमा हिंडाउनका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए । 

    वाणिज्य संकायमा स्नातकोत्तर गरेका श्रेष्ठले रुपन्देहीको भलवारीस्थित सेन्ट जोसेफ कलेलमा अध्यापन गराउँदै आएका छने भने इन्टरनेट सेवा र प्रांगारिक मल उत्पादन गर्दै आएका छन् ।

    श्रेष्ठ नेपाली कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि समेत हुन् । श्रेष्ठसंग लायन्स, जेसीज लगायतका सामाजिक संस्थामा बसेर नेतृत्व गरेको अनुभव समेत छ ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij