images
images

मंगलवार, जेठ ८ गते २०८१

माओवादीको अवस्थाबारे प्रचण्डले भने- काठमाडौं उपत्यकामा नाजुक

माओवादीको अवस्थाबारे प्रचण्डले भने- काठमाडौं उपत्यकामा नाजुक

images
images
images
सोमवार, भाद्र १३ २०७९
सोमवार, भाद्र १३ २०७९
  • माओवादीको अवस्थाबारे प्रचण्डले भने- काठमाडौं उपत्यकामा नाजुक

    काठमाडौं, १३ भदौ । 

    images
    images
    images

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र राम्रो रहेको दाबी गरेका हुन् । 

    तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके माओवादीको पक्षमा जनमत आउने दाबी गरेका प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताए । 

    बागमती प्रदेशमा पनि राम्रो रहे पनि काठमाडौं उपत्यकामा भने निकै नाजुक रहेको प्रचण्डले बताए । बागमतीमा कम्युनिष्ट आन्दोलनमा माओवादी पहिलो नम्बर र एमाले तेस्रो नम्बरमा रहेको बताउँदै प्रचण्डले माओवादीभन्दा अलि कति बढी बागमतीमा कांग्रेसको राम्रो रहेको बताए । न्युज कारखाना
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij