२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

रुपन्देहीमा बाबुको हत्या अभियोगमा एक युवक पक्राउ

सोमवार , भाद्र १३, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रुपन्देही, १३ भदौ ।

    रुपन्देहीको देवदहमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीय छोरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० का दीपक पुन रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    वडा प्रहरी कार्यालय बुटवलकाअनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको हो ।न्युज कारखाना