२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सन्धिखर्क नगरपालिकाले दियो ऋषिपञ्चमीमा सार्वजनिक बिदा

सोमवार , भाद्र १३, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • अर्घाखाँची, १३ भदौ । 

    सन्धिखर्क नगरपालिकाले नेपाली महिलाहरूको महान् पर्व तिजको अवसरमा ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा दिएको छ ।सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको उपस्थितिमा आज बसेको बैठकले ऋषि पञ्चमीको दिन नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    ऋषिपञ्चमीको अवसरमा यही भदौ १६ गतेका दिन नगरपालिकाकाको कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य इकाई तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना