
बुधवार , मंसिर १७, २०७७
बुटवल, १७ मंसिर ।
रुपन्देहीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु गएको छ । नेपालगञ्ज जाँदै गरेको ना ७ ख १३३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प २५२ नम्बरको स्कुटरलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको गेट अगाडि ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कुटर चालक बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षिय भरत शर्माको घटनास्थलमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ठक्कर दिने चालक र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij