२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

सोमवार , भाद्र १३, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • रुपन्देही, १३ भदौ । 

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेका छन् ।  घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । 

    बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । न्युज कारखाना