२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

लुम्बिनीका निवर्तमान नगरप्रमुखसहित नेताहरु जनमत पार्टीमा प्रवेश

सोमवार , भाद्र १३, २०७९

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • रुपन्देही, १३ भदौ ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका निवर्तमान नगरप्रमुख (मेयर) तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का नेता मनमोहन चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन् । 

    त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) को अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा पूर्व सांसद नरसिंह चौधरी, लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा जसपा नेता राजेन्द्र गुप्ता, कैलाश गुरुङ, मुरारी अग्रवालसहित सयजना बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिए । 

    कपिलवस्तुमा सोमबार आयोजना गरिएको अगुवा नेता कार्यकर्ता भेटघाट तथा निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले विभिन्न पार्टी परित्याग गरेका नेताहरुलाई जनमतमा पार्टीमा स्वागत गरेका हुन् ।