images

शुक्रवार, बैशाख १४ गते २०८१

सिद्धार्थनगरका मेयरले भने– पर्यटकलाई गुलाबको फूलले स्वागत गर्छौं

सिद्धार्थनगरका मेयरले भने– पर्यटकलाई गुलाबको फूलले स्वागत गर्छौं

images
images
images
सोमवार, भाद्र १३ २०७९
सोमवार, भाद्र १३ २०७९
  • सिद्धार्थनगरका मेयरले भने– पर्यटकलाई गुलाबको फूलले स्वागत गर्छौं

    भैरहवा, १३ भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले बेलहिया नाका हुँदै मुलुकमा भित्रिने पर्यटकहरुलाई आफूहरुले सम्मानसहित स्वागत गर्ने बताएका छन् । पर्यटन प्रहरी इकाई भृकुटीमण्डप, काठमाडौंले सोमबार भैरहवामा आयोजना गरेको पर्यटक सुरक्षा तथा पर्यटन प्रवद्र्धनमा व्यवसायी एंव स्थानीय नागरिकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अतिथि देव भवः नारालाई अनुसरण गर्दै अगाडी बढ्नुपर्ने बताए । 

    images

    ‘मुलुकमा पैसा खर्च गर्नका लागि भारतीय र तेस्रो मुलुकबाट पर्यटकहरु आउँछन् तर हामीले उनीहरुलाई सम्मान गर्नुको साटो दुव्र्यवहार गर्छौं, जुन राम्रो होइन’, उनले भने, ‘पर्यटकलाई सम्मान नगरेसम्म हाम्रो नगर र मुलुकले फड्को मार्दैन ।’ उनले बेलहिया नाकाबाट मुलुकमा भित्रिने पर्यटकहरुलाई नाकामा गुलाब लगायतको फूल दिएर सम्मानसहित भित्र्याउन योजनाहरु रहेको भन्दै यहाँ गरिएको स्वागतले पर्यटकको प्रचारप्रसारले पर्यटक आगमनमा थप वृद्धि हुने बताए ।

    ‘हामीले जब पर्यटकहरुलाई नाकामा स्वागत, सम्मान गरेर पर्यटकमैत्री व्यवहार गर्छौँ तब उनीहरुले हाम्रो नगर/मुलुकको प्रचारप्रसार आफ्नो मुलुकमा गएर गर्छन’ उनले भने, ’यसले पर्यटक आगमनमा वृद्धि हुनुका साथै नगर/मुलुकको विकासमा थप टेवा समेत पुग्छ ।’ उनले आफू पैसा कमाउन नभइ नगरको विकास गर्नका लागि आएको भन्दै नगरको विकासमा नगरवासीको साथ र सहयोगको समेत आवश्यकता रहेको बताए । नगरप्रमुख खानले नगरको विकासका लागि थुप्रै योजनाहरु रहेको र केही निर्माणका क्रममा रहको भइरहेको भन्दै वर्षायाम पछि केही योजनाहरु सञ्चालन गरिने बताए ।

    बेलहिया नाकाको सौन्दर्यकरणको लागि कामहरु भइरहेको भन्दै आयोजना कार्यालय अन्तर्गत रहेको ६ लेन सडकको निर्माणको ढिलाइले नगरको योजना सञ्चालनमा पनि समस्या उत्पन्न भएको बताए । जसका लागि आफुहरुले सडक निर्माणका लागि पहल गरिरहेको उनले बताए । नगरपालिकाको फुलैफुलको शहर, हरियाली, स्वच्छ र सफा शहर, फोहोर व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन, पार्किङ व्यवस्थापन, व्यवसायिक भवन निर्माण, कारागार स्थानन्तरण लगायतका योजनाहरु छन् ।

    कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले स्रोतसाधनको अभावमा पनि कामहरु भइरहेको भन्दै प्रशासनको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न आफूहरु तयार रहेको बताए । उनले रात्रीकालिन बजार सञ्चालनका लागि कार्यविधि अन्तिम चरण पुगेको बताउँदै सम्पूर्ण प्रक्रिया पुर्याएर कार्यान्यवन गरिने बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले सुरक्षा बिना केही कल्पना नै नगर्न सकिने भन्दै सुरक्षाको विकल्प सुरक्षा नै रहेको भन्दै आफूहरुले सदैव सुरक्षाका लागि तत्पर रहेको बताए । उनले आफ्नो स्थानको विकासका लागि सरोकारवालाहरुले समाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो भूमिका समेत निर्वाह गर्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij