
सोमवार , भाद्र १३, २०७९
भैरहवा, १३ भदौ ।
लायन्स क्लब अफ भैरहवा युथले गौशालालाई पशु आहार हस्तान्तरण गरेको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर आइतबार सिद्धार्थनगर–१ स्थित श्री स्वामी नारायण गौशालालाई पशु आहार हस्तान्तरण गरिएको क्लबका वर्ष २०२२/२३ का अध्यक्ष क्षितिज पाण्डेले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ भैरहवा युथका निवर्तमान अध्यक्ष सन्तोष शुक्लाले क्लबले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जानुपर्ने बताए ।
क्लबका अध्यक्ष क्षितिज पाण्डेको अध्यक्षता, कार्यक्रम संयोजक चन्दन पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष अंकित कुमार जैसवाल, कोषाध्यक्ष रामनारायण ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij