२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देहीको तिलोत्तमामा मोटरसाईकल दुर्घटना, दिदी भाइको मृत्यु

आइतवार , भाद्र १२, २०७९

  • 17.8K
    Shares
  • 17.8K
    Shares
  • भैरहवा । रुपन्देहीको तिलोत्तमामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको  छ । दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दिदी भाइको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाणले दुर्घटनामा परि तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षिया समिक्षा खराल र उनका भाइ ७ वर्षिय सुग्रीम खरालको मृत्यु भएको जानकारी दिए । 

    दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । घाईतेहरुको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मृतक दिदि भाइ सवार मोटरसाइकलमा ४ जना र अर्को मोटरसाइकलमा २ जना सवार रहेको प्रहरीको भनाई छ ।