२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

आइतवार , भाद्र १२, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, १२ भदौ ।

    एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् ।

    एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

    शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, उसले २२ भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।