२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

१७ वर्षीया किशोरी बलात्कृत 

आइतवार , भाद्र १२, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • दाङ, १२ भदौ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।