२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

रुपन्देही जिल्ला अदालत बार एशोसिएसनद्वारा स्वागत तथा सम्मान

आइतवार , भाद्र १२, २०७९

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, १२ भदौ । 
    रुपन्देही जिल्ला अदालत बार एशोसिएसनले उच्च अदालत बुटवल र रुपन्देही जिल्ला अदालतमा जिम्मेवारी समाल्न आएका न्यायाधिशहरुलाई स्वागत गरेको छ । बारले शुक्रबार एक कार्यक्रमकाबीच स्वागत तथा सर्वोच्च अदालतले प्रदान गरेको वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त व्यक्तिहरुलाई सम्मान गरेको हो । रुपन्देही जिल्ला बार एशोसिएसनमा आवद्ध अधिवक्ता शिव प्रसाद गौडेल, सुवास धिताल र राममणि भुर्तेललाई सम्मान गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा उच्च अदालत बुटवलका मुख्य न्यायाधिश रामप्रसाद ओलीले अधिवक्ता र न्यायधिसले जनतालाई न्याय दिनकै लागि काम गर्ने भएकोले कानूनी रुपमा जनताको पक्षमा नै वकालत हुने बताए । उनले पेशासँगै साधना प्राप्ति हुने बताउँदै वरिष्ठ उपाधि प्राप्त अधिवक्ताले आफ्नो साख जोगाई राख्न आग्रह समेत गरे ।

    रुपन्देही जिल्ला अदालतका न्यायाधिश कृष्णराम कोइरालाले न्यायको क्षेत्रमा कुनै पनि कसुर नहुने गरी आफ्नो कार्यकालमा न्यायकै पक्षमा रहेर काम गर्ने बताए ।

    रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष लोकनाथ पन्थले न्याय प्रणालीलाई चुस्तदुरुस्त राख्न बारले कमी कमजोरी नराख्ने बताउँदै जनतालाई न्याय दिन कोशेढुंगा सावित हुने बताए । वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले अधिवक्ताहरु व्यवसायसँगै समाजसेवाको भावनामा लाग्नुपर्नेे बताए ।

    रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका सचिव डण्डप्रसाद भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा उच्च अदालत बुटवलका न्यायधिश, अधिवक्ता, जिल्ला अदालत रुपन्देहीका न्यायधिस तथा अधिवक्ताहरुको उपस्थिति रहेको थियो ।