
आइतवार , भाद्र १२, २०७९
भैरहवा, १२ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले शनिबार भैरहवामा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम गरेको हो । सिद्धार्थनगर नगरपालिका–९ स्थित वडा कार्यालयमा कार्यक्रम गरिएको क्लबकी वर्ष २०२२/२३ की अध्यक्ष निर्मला श्रेष्ठले बताइन् । कार्यक्रममा ११५ जनाको मधुमेह परीक्षण गरिएको श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले लायन्स सिद्धार्थनगर टुलिपले सराहनीय कार्य गरेको बताए ।
त्यस्तै लायन्स सिद्धार्थनगर टुलिपका एक्सटेन्सन चेयरपर्सन महेशचन्द थापा, एरिया चिफ संगम न्यौपानेले लगायतले बोलेका थिए ।
लायन्स सिद्धार्थनगर टुलिपकी वर्ष २०२२/२३ की अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता, कार्यक्रम संयोजक नुमा ज्ञवालीको स्वागत तथा सचिव पवित्रा पछाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक एडभाइजर रुपमा हिराचन, लायन्स सिद्धार्थनगर टुलिपकी गाईडिङ लायन्स अनिता थापा, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विजय पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij