
शनिवार , भाद्र ११, २०७९
भैरहवा, ११ भदौ ।
लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । क्लबले क्यान्सरबाट पीडित भइ उपचार गरिरहेकी सिद्धार्थनगर नगरपालिका–१ बेलहियाकी शोभा जैसीलाई शनिबार एक कार्यक्रमकाबीच नगद ४२ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो । बिरामीको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको क्लबका वर्ष २०२२/२३ का अध्यक्ष एमजेएफ मंगल भण्डारीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले लायन्स होलिसिटी सिद्धार्थनगरले सराहनीय कार्य गरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा लायन्स होलिसिटी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष राकेश गुरुङ, पूर्वअध्यक्ष देवराज न्यौपाने, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्री लगायतले बोल्दै स्वास्थ्य क्षेत्रलाई क्लबले प्राथमिकता दिदै जानुपर्ने बताए ।
लायन्स होलिसिटी सिद्धार्थनगरका अध्यक्ष मंगल भण्डारीको अध्यक्षता, कार्यक्रम संयोजक माधव शर्माको स्वागत तथा क्लबका सचिव दीपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij