images
images

सोमवार, जेठ ७ गते २०८१

वर्तमान परिस्थितिका कारण गठबन्धन आवश्यक : गृहमन्त्री खाँण 

वर्तमान परिस्थितिका कारण गठबन्धन आवश्यक : गृहमन्त्री खाँण 

images
images
images
शनिवार, भाद्र ११ २०७९
शनिवार, भाद्र ११ २०७९
  • वर्तमान परिस्थितिका कारण गठबन्धन आवश्यक : गृहमन्त्री खाँण 

    भैरहवा, ११ भदौ । 
    गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय बालकृष्ण खाँणले वर्तमान परिस्थितिका कारण कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्नुपरेको बताएका छन् । उनले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई अग्र भागमा राखेर अन्य पार्टीसँग गठबन्धन गर्नुपरेको स्पष्ट पारे । 

    images
    images
    images

    नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा शनिबार भैरहवामा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को शुभारम्भ गर्दै गृहमन्त्री खाँणले कांग्रेसले माओवादी केन्द्र लगायतका पार्टीसँग गठबन्धन नगरे उनीहरुले एमालेसंग गर्ने भएका कारण स्थानिय तहमा गरिएको गठबन्धनलाई संघ र प्रदेशमा पनि निरन्तरता दिएको बताए ।

    मन्त्री खाँणले गठबन्धन नगरी पार्टीहरु एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसले धेरै सिट जिते पनि एक्काएक्लै चुनाव लड्ने अवस्था नभएकाले गठबन्धनमा जानुपरेको बताए । 

    कांग्रेसले गठबन्धन नगरे माओवादी लगायतका दलले एमालेसंग मिलेर गठबन्धन गर्छन्, गृहमन्त्री खाँणले भने, ‘एमाले गठबन्धन गरेर गए मुलुकमा तानाशाही प्रवृति हावी हुन गइ जनताले फेरी पनि दुःख पाउछन्, त्यसकारण हामी जनताले दुःख नपाउन् भन्नका लागि मिलेर हिंडेका हौं । ’

    गृहमन्त्री खाँणले कांग्रेस कमजोर भए राष्ट्रियता, लोकतन्त्र, प्रजातन्त्र, उद्योग व्यवसाय सबै कमजोर हुने बताए । उनले कांग्रेसले गरेको कामको मुल्यांकन गर्दै कांग्रेसलाई आउदो निर्वाचनमा प्रष्ट बहुमतका साथ विजयी गराउनुपर्ने बताए ।

    कांग्रेसलाई जिताए आम नागरिक स्वतस्फूर्त रुपमा काम गर्दै जाने तथा शासन सत्ताको मालिक भएर बस्ने बताए । नागरिकले भने अनुसार सत्ता चलाउनका लागि कांग्रेसलाई जिताउनुपर्छ, गृहमन्त्री खाँणले भने, ‘जनतालाई मालिक बनाउनका लागि हामी विभिन्न पार्टीसँग गठबन्धन गरेर चुनावमा जानु परेको छ । ’

    स्थानीय तहको निर्वाचनमा गठबन्धन भएकै कारण कांग्रेस स्थानीय तहमा पहिलो पार्टी बनेको उल्लेख गर्दै त्यही आधारलाई टेकेर संघीय र प्रदेश निर्वाचनका लागि गठबन्धन गर्न लागिएको बताए  । 

    सो अवसरमा बोल्दै ‘जनताको साथमा कांग्रेस अभियान’ रुपन्देहीका लागि केन्द्रिय प्रतिनिधि योगेन्द्र चौधरीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका बिषयमा अनावश्यक बहस नगर्न आग्रह गरे । उनले गठबन्धनको मोडालिटीका बिषयमा छलफल र बहस चलिरहेको बताए ।

    त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कांग्रेस जनताको पार्टी भएको बताए । उनले संविधान कार्यान्वयनका लागि कांग्रेसले निर्वाचन जित्नुपर्नेमा जोड दिए । उनले भने, ‘गठबन्धन बाध्यता हो, हाम्रो रहर होइन हामीले गठबन्धन गरेनौ भने बामपन्थीहरुले गठबन्धन गर्नेछन् । ’ 

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गंगा शाही, सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, लुम्बिनी प्रदेश सरकारका शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्री वसिउद्दीन खाँ, प्रदेशसभा सदस्य अष्टभुजा पाठक, रमा अर्याल, कांग्रेस क्षेत्र नम्बर ५ का सभापति वसिउल्लाह मुसलमान, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का लगायतले बोल्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेससहित गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको अध्यक्षता, उपसभापति थानेश्वर घिमिरेको स्वागत तथा हरि काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij