images

बिहिवार, बैशाख २७ गते २०८१

मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जान्छ : मन्त्री चौधरी

मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जान्छ : मन्त्री चौधरी

images
images
images
शनिवार, भाद्र ११ २०७९
शनिवार, भाद्र ११ २०७९
  • मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जान्छ : मन्त्री चौधरी

    बुटवल, ११ भदौ ।
    शहरी विकास मन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागि गठबन्धन दलहरु विजय हुनुपर्ने औल्याए । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गरे ।

    images
    images
    images

    नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य समेत रहेका नेता चौधरीले मुलुक समृद्धिको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा  पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए । उनले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुपरेको बताए ।

    मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउँदै जनतालाई उपभोक्तामार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताए ।

    रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसगँ नेकपा एसका नेता राजु गुरुङ भिड्ने बताउँदै यो निर्वाचनबाट गठबन्धन विजय हुने उनले दावी गरे । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री तथा उपाध्यक्ष तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij