
शनिवार , भाद्र ११, २०७९
भैरहवा, ११ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले भैरहवामा तीज विशेष कार्यक्रम गरेको छ । हरितालिका तीजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गर्नुका साथै नाचगान समेत गरिएको क्लबका वर्ष २०२२/२३ का अध्यक्ष गजेन्द्र कोहारले बताए । कार्यक्रममा क्लबमा आबद्ध महिला सदस्यहरुलाई सम्मान समेत गरिएको कोहारले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स सिद्धार्थनगर सेन्टिनियलका गाईडलाइन तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक (पी)का ट्रेजरर विनोद खरेलले क्लबले गरेको कार्यक्रम सराहनीय रहेको बताए । उनले सामाजिक कार्यसँगै क्लबले धर्म संस्कृतिको जर्गेना गर्ने खालका कार्यक्रम आयोेजना गर्दै आएको र यसलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।
लायन्स सिद्धार्थनगर सेन्टिनियलका निवर्तमान अध्यक्ष महेश नेपालले हिन्दू महिलाको महान पर्व तीजको अवसरमा क्लबले कार्यक्रम गर्नु प्रशंसनीय रहेको बताए ।
लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष राजेन्द्र थापाको स्वागत, तृतीय उपाध्यक्ष विपिन साहको ध्वजा अभिवादन तथा सचिव गणेश प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबकी कोषाध्यक्ष सुस्मिता ढुंगानाले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij