images

बुधवार, बैशाख २६ गते २०८१

लायन्स भैरहवा युथको अध्यक्षमा क्षितिज पाण्डे

लायन्स भैरहवा युथको अध्यक्षमा क्षितिज पाण्डे

images
images
images
शनिवार, भाद्र ११ २०७९
शनिवार, भाद्र ११ २०७९
  • लायन्स भैरहवा युथको अध्यक्षमा क्षितिज पाण्डे

    भैरहवा, ११ भदौ ।
    लायन्स क्लब अफ भैरहवा युथको पद हस्तान्तरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका वर्ष २०२१/२२ का अध्यक्ष सन्तोष शुक्लाले वर्ष २०२२/२३ का अध्यक्ष क्षितिज पाण्डेलाई पद हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) एरिया को–चिफ धिरज मल्लिकले समाजसेवाको यात्राले मानिसलाई उर्जावान बनाउने बताए । उनले अध्यक्षले एक्लै संस्था चलाउन नसक्ने भएकाले सबै सदस्यहरुले साथ दिनुपर्ने बताए । उनले भने, ‘सामाजिक कार्य गर्न पैसा मात्रै चाहिन्छ भन्ने छैन, मन चाहिन्छ, पेशालाई छोडेर समाजसेवा गर्नुपर्छ भन्ने छैन । ’

    लायन्स भैरहवा युथ वर्ष २०२१/२२ का अध्यक्ष सन्तोष शुक्लाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
    क्लबका वर्ष २०२२/२३ का अध्यक्ष क्षितिज पाण्डेले लायन्सको पाँचवटा विधामा रहेर काम गर्ने बताए ।

    क्लबका वर्ष २०२१/२२ का अध्यक्ष सन्तोष शुक्लाको अध्यक्षता, कार्यक्रम संयोजक संजय जैसवालको स्वागत, अंकित जैसवालको ध्वजा अभिवादन तथा सचिव क्षितिज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_9327.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij