images

बुधवार, बैशाख २६ गते २०८१

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा संघका केन्द्रीय अध्यक्ष पौडेलसँग भेटघाट

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा संघका केन्द्रीय अध्यक्ष पौडेलसँग भेटघाट

images
images
images
शनिवार, भाद्र ११ २०७९
शनिवार, भाद्र ११ २०७९
  • राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा संघका केन्द्रीय अध्यक्ष पौडेलसँग भेटघाट

    भैरहवा, ११ भदौ ।
    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले संघका केन्द्रीय अध्यक्ष किरण पौडेलसँग शुक्रबार भैरहवामा भेटघाट गरेको छ । केन्द्रीय अध्यक्ष पौडेललाई स्वागत गर्नुका साथै युवा संघ सिद्धार्थनगर कमिटीले गरेका अहिलेसम्म गरेका गतिविधिहरुबारे उहाँलाई लिखित विवरणसहित जानकारी गराइएको नगर कमिटी अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए ।

    images
    images
    images

    ‘व्यक्तिगत कामको सिलसिलमा भैरहवा आउनुभएका पौडेललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै भैरहवाबाट काठमाडौं फर्कने क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका हौं, ’उनले भने । त्यसै गरी अध्यक्ष पौडेललाई युवाहरुलाई स्वरोजगारसँग जोड्न ध्यानाकर्षण समेत गराइएको उनले बताए ।

    301133235_801202631325901_8045895733373393921_n.jpg

    उक्त अवसरमा युवा संघका केन्द्रीय सदस्य विजय अधिकारी, सिद्धार्थनगर कमिटीका उपाध्यक्ष प्रविन आचार्य, सचिव रोशन बहादुर थापा, सदस्य बिक्की गुरुङ, विशाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij