२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगरमा उप–प्रमुख तीज मिलन कार्यक्रम सम्पन्न

शुक्रवार , भाद्र १०, २०७९

भैरहवा, १० भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उप–प्रमुख तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको आयोजनामा कर्मचारी, स्वास्थ्य स्वंयसेविका, जनप्रतिनिधि, पूर्व महिला जनप्रतिनिधि लगायतका सहभागिता कार्यक्रम सम्पन्न भएको हो ।
दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरणमा स्वास्थ्य स्वयंसेविका र दोस्रो चरणमा कार्यालयका कर्मचारी, पूर्व महिला जनप्रतिनिधिहरुको लगायतको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख इस्तियाक अहमद खानले आजभोली तीज पर्व भड्किलो बन्दै गएको भन्दै संस्कृतिको जर्गेनाका लागि सभ्य रुपमा तीज पर्व मनाउनुपर्ने जोड दिए । उनले टोलटोलमा पुगेर जनसेवा गरिरहेका स्वास्थ्य स्वंयसेविकाहरु, कर्मचारी, जनप्रतिनिधि लगायतलाई धन्यवाद दिदै तीज पर्वको शुभकामना व्यक्त गरे । उनले अन्य महिलाहरुले पनि प्रेरणा पाउने गरी सेवा प्रदान गर्न सबैलाई आग्रह गरे ।

त्यस्तै नगर उप–प्रमुख उमा अधिकारीले सहभागी सम्पूर्णलाई तीज पर्वको शुभकामना दिदै नगरपालिकाले प्रदान गर्ने सेवामा महिलाहरु सक्षम देखिएकोमा खुशी व्यक्त गरिन् । उनले पुर्खाहरुले मनाउने तीज पर्व सरह नै आफुहरुको संस्कृति रहेको र त्यसैलाई अनुसरण गर्दै तिज पर्व मनाउनुपर्नेमा जोड दिइन् ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले वर्तमान पुस्ताले संस्कृतिको जर्गेना गर्दै समाजलाई सकारात्मक दिशा तर्फ डोर्याउनुपर्नेमा अधिकांश स्थानमा भड्किलो रुपमा तीज मनाउने थालिएकोमा दुःख व्यक्त गरे ।
नगरपालिकाको आयोजना सम्पन्न कार्यक्रममा नगर प्रमुख इस्तियाक अहमद खान, उप–प्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, लेखा शाखा प्रमुख ओमेश कुमार गैरे, वरिष्ठ इन्जिनियर जीवन अर्याल, वरिष्ठ अधिकृत यादव सापकोटा, शाखा अधिकृत देव ज्ञवाली लगायतका अधिकृत, महिला कर्मचारी, पूर्व महिला जनप्रतिनिधि लगायतले पर्वको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान गर्दै नाचगान समेत गरेका थिए ।