२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ज्येष्ठ नागरिक मिलन केन्द्रलाई किचन सामग्री हस्तान्तरण

शुक्रवार , भाद्र १०, २०७९

बुटवल, १० भदौ ।
रोटरी क्लब अफ बुटवल र रोट्रयाक्ट क्लब अफ बुटवलले तिलोत्तमामा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रलाई भान्सामा प्रयोग हुने सामग्री हस्तान्तरण गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच दुईवटा क्लबले संयुक्त रुपमा तिलोत्तमाको श्रृंगेश्वर धाम परिसरमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमै पुगेर किचन सामग्री हस्तान्तरण गरेका हुन् । केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेलाई सामग्री हस्तान्तरण गरिएको हो । त्यस अवसरमा केन्द्रका अध्यक्ष पाण्डेले क्लवले प्रदान गरेको किचन सामग्रीले केन्द्रमा रहेका ज्येष्ठ नागरिकलाई फाइदा पुग्ने बताए । उनले यस्ता मानवीय र रचनात्मक कार्यलाई आगामी दिनमा पनि जारी राख्न क्लवलाई आग्रह गरे ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई किचन सामग्री प्रदान गर्न पाउँदा खुशी लागेको बताए । उनले ज्येष्ठ नागरिकहरुको सुखदुःखमा क्लब सधै साथमा रहेको बताए । कार्यक्रममा रोटरीयनहरु कृष्ण पराजुली, जिवकान्त काफ्ले, रोट्रयाक्ट क्लब अफ बुटवलका अध्यक्ष नविन बन्जाडे लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।