images

बिहिवार, बैशाख २७ गते २०८१

नेकपा एकता राष्ट्रिय अभियान रुपन्देहीको दोस्रो भेला सम्पन्न 

नेकपा एकता राष्ट्रिय अभियान रुपन्देहीको दोस्रो भेला सम्पन्न 

images
images
images
शुक्रवार, भाद्र १० २०७९
शुक्रवार, भाद्र १० २०७९
  • नेकपा एकता राष्ट्रिय अभियान रुपन्देहीको दोस्रो भेला सम्पन्न 

    भैरहवा, १० भदौ ।
    बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान रुपन्देहीको दोस्रो जिल्ला भेला शुक्रबार भैरहवामा सम्पन्न भएको छ । भेलाले झबिन्द्र ज्ञवालीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा रीता पाण्डे, लालमन साह, सचिवमा उमेश अर्याल र कोषाध्यक्षमा ममता गुप्ता रहेका छन् ।

    images
    images
    images

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज डिल्लीराज भट्टराईले कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपालाई निजी स्वार्थमा विभाजन गरिएको बताए । उनले कम्युनिष्ट पार्टीले संघर्ष गरेको बताए । नेता भट्टराईले कांग्रेस कम्युनिष्ट पार्टी नभए पनि कम्युनिष्ट पार्टीको सहयोगमा सरकारको नेतृत्व गरिरहेको बताए । 

    त्यस्तै पार्टीका केन्द्रीय सचिवालय सदस्य महेन्द्र अर्यालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता रहेको बताए । उनले बामपन्थीबीच एकता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘नामको मात्र संघीयता रहेकाले जनतालाई आत्मनिर्णयको अधिकारसहितको संघीयता आवश्यक छ । ’

    नेकपा माओवादी समाजवादीका केन्द्रीय उपाध्यक्ष विनोद उपाध्यायले सबै बामपन्थीहरु एक ठाउँमा आउनुपर्ने बताए । उनले कम्युनिष्ट पार्टी विभिन्न गुट उपगुटमा विभाजन भएको बताए ।

    नेकपा (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सदस्य मुरारी पाण्डेले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै जानुपर्ने बताए । 

    नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज राधेश्याम गुप्ताको अध्यक्षता सम्पन्न कार्यक्रममा सीताक्षी अर्याल लगायतले बोलेका थिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij