images

मंगलवार, बैशाख १८ गते २०८१

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्छौ : केपी ओली

एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्छौ : केपी ओली

images
images
images
शुक्रवार, भाद्र १० २०७९
शुक्रवार, भाद्र १० २०७९
  • एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्छौ : केपी ओली

    काठमाडाैँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाड्ने बताएका छन् । 

    images

    शुक्रबारबाट ललितपुरको च्यासलस्थीत पार्टी कार्यालय सुरु एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अस्तित्व नै मेटाउछौ भन्दै एमालेलाई घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएर बिजयको सुनिश्चित गर्दै अघि बढ्ने दावी गरे ।

    मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनलाई शान्ति पूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने उनले बताए । यसका लागि सरकारसंग वार्ता र कुराकानी तथा दवाव र निर्वाचनसंग सम्बन्धीत निकायसंग छलफल गर्ने उनको भनाई छ । अध्यक्ष ओलीले एमालेले गरेका काम र आगामी योजनाहरुका साथै देशलाई समृद्ध र सुखी नेपाली बनाउनका लागि प्रतिवद्ध भएर जनतामाझ जानुपर्ने धारणा राखे ।  उनले एमाले, देश र लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने गरि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए ।

    बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थीति, राष्ट्रिय राजनीतिक, संगठानिक बिषय लगाएतका बिषय समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली लगाएतका बिषय टुङ्गो लगाउने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटी बैठक दुइ दिनसम्म चल्ने छ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij