शुक्रवार , भाद्र १०, २०७९
बुटवल, १० भदौ ।
रोटरी क्लब अफ बुटवल र रोट्रयाक्ट क्लब अफ बुटवलले संयुक्त रुपमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् । तिलोत्तमा नगरपालिका डिंगरनगरस्थित श्रृंगेश्वर धाम परिसरमा रहेको रोटरी बाटिकामा दुई क्लबले वृक्षारोपण गरेका हुन् ।
रोटरीयन रोट्रयाक्टहरु सहभागी भएर वृक्षारोपण कार्यक्रम गरिएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।
कार्यक्रममा रक्तचन्दन, रुद्राक्ष जस्ता विभिन्न प्रजातिका विरुवा रोपिएको थियो । त्यस अवसरमा अध्यक्ष पियाले रोपिएका विरुवाको संरक्षण र मलजल गर्न श्रृंगेश्वर धामका सञ्चालकहरुलाई आग्रह गरे । उनले विरुवाको रेखदेखका लागि क्लबले पनि बेलाबेलामा निरीक्षण गर्ने बताए ।
कार्यक्रम संयोजक रोट्रयाक्ट क्लब अफ बुटवलका आइटी अफिसर प्रकाश भण्डारीले वृक्षारोपण गरी वातावरणीय संरक्षणमा सबैको ध्यान जानुपर्ने उल्लेख गरे । कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्षहरु तथा बोर्ड सदस्यहरु, रोट्रयाक्ट क्लब अफ बुटवलका अध्यक्ष नविनराज बन्जाडे, सचिव प्रशान्त न्यौपाने लगायत विभिन्न रोटरीयन तथा रोट्रयाक्टरहरुको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij