२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री

शुक्रवार , भाद्र १०, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, १० भदौ ।

    सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

    कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार  खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।

    गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।
    न्युज कारखाना