images

मंगलवार, बैशाख १८ गते २०८१

जनताको गुनासो सुन्न घर–घर जाँदै रुपन्देही कांग्रेस

जनताको गुनासो सुन्न घर–घर जाँदै रुपन्देही कांग्रेस

images
images
images
बिहिवार, भाद्र ९ २०७९
बिहिवार, भाद्र ९ २०७९
  • जनताको गुनासो सुन्न घर–घर जाँदै रुपन्देही कांग्रेस

    भैरहवा, ९ भदौ ।
    आगामी मसिंर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले रुपन्देहीमा ‘जनताको साथमा कांग्रेस’ अभियनलाई विशेष रुपमा सञ्चालन गर्ने भएको छ । अभियानको शनिबार पार्टी कार्यालयमा उद्घाटन गरी पहिलो चरण अन्तरगत कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले गर्ने भएका छन् । अभियान अन्र्तगत आगामी भदौ २४ गतेसम्म प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्रहरुमा कार्यक्रम गरिनेछ । भदौ २४ गते विपी जयन्ती मनाउने र सोही दिन कार्यक्रम पनि समापन गरिनेछ ।  

    images

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको सभापतित्व तथा केन्द्रीय प्रतिनिधि पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा बिहीबार भैरहवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले जनताले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने र भावना बुुझ्न क्षेत्रीय समिति र प्रदेश समितिहरुलाई समेत गाउँगाउँमा प्रतिनिधि खटाउन निर्देशन गर्ने निर्णय गरेको छ । 

    बैठकका प्रमुख अतिथि तथा केन्द्रीय प्रतिनिधि चौधरीले निर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गर्ने, जनताका आवाज सुन्ने, कांग्रेस नेतृत्वमा विगत र वर्तमानमा भएका राजनैतिक, आर्थिक तथा सामाजिक उपलब्धीहरुबारे जनतालाई बुुझाउने तथा गठबन्धन गरेर निर्वाचनमा जानुु परेको विषयबारे पार्टीका कार्यकर्ता, शुुभेच्छुुक र आम नागरिकलाई बझाउनुु रहेको बताए । नागरिकता ऐन, एमसीसी र राष्ट्रियताका बारेका विपक्षीले चलाइरहेको भ्रम चिर्नुु पनि अभियानको उद्देश्य रहेको उनले बताए । 

    बैठकद्वारा विभिन्न निर्णय

    बिहीबारको बैठकले स्थानीय तह निर्वाचनको संघारमा पदबाट राजीनामा दिएका रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि उपसभापति पर्शुराम ढकाललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय समेत गरेको छ । त्यस्तै भदौ १६ गते समाजवादी चिन्तक नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदिप गिरीको स्मृतिमा पार्टी कार्यालयमा शोक सभा गरिने निर्णय समेत भएको कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij