images

मंगलवार, बैशाख १८ गते २०८१

सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट हुनुपर्छ : सभापति पुन

सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट हुनुपर्छ : सभापति पुन

images
images
images
बिहिवार, भाद्र ९ २०७९
बिहिवार, भाद्र ९ २०७९
  • सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट हुनुपर्छ :  सभापति पुन

    बुटवल, ९ भदौ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले रोल्पा र रुकुमलाई संकेत गर्दै सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) ले ६० प्रतिशत र काँग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरुको हैसियतको आधारमा सिट बाँटफाँट गर्दा जित्न सकिने बताए ।

    images

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीवार बुटवलमा आयोजना गरेको आगामी चुनावमा दलहरुको भूमिका विषेयक साक्षात्कार कार्यक्रममा बोल्दै सभापति पुनले हालै सम्पन्न स्थानीय तहको सिटको आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको दावी गरे ।

    कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेशसभा सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनको कुनै औचित्य नरहेको भन्दै देश र जनताको पक्षमा नरहेको जिकिर गरे । उनले पाँच दलीय गठबन्धनले  संविधानलाई कमजोर बनाएर देशलाई डुबाउने काम गरेको दावी गरे ।

    नेता श्रेष्ठले नागरिकता ऐन, एमसीसी, एसपीपी जस्ता कुरालाई गठबन्धनले बढावा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाउँदै एमाले बलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले एमालेले बहुमत ल्याउने जिकिर गरे ।

    नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनीतिमा विश्वासको संकट भएको वताए । उनले अघिल्लो स्थानीय तहको निर्वाचनलाई हेर्दा पार्टी भित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै जनताले पनि आफ्नो स्वाभिमान बिर्सिएकाले जसले धेरै पैसा बाँड्छ उसैलाई नै मत दिने भएकाले राजनीतिक दलहरु सुघ्रिने मौका नपाउने उल्लेख गरे । पहिले गरिएको एमाले माओवादी बाम गठबन्धनमा शिर्ष नेताको अहंकारका कारण लामो समय टिक्न नसकेको जनाउँदै वर्तमान लोकतान्त्रिक गठबन्धनभित्र विश्वासको वातावरण बढाउनुपर्ने वताए । घर्तीले गत स्थानीय तहको चुनावलाई हेर्दा काँग्रेसले काँग्रेसलाई हराएको र काँग्रेसले माओवादी उम्मेदवारलाई मत नदिएर हार खाएको स्मरण गर्दै विश्वासलाई समटेर आगामी निर्वाचनमा जान आग्रह गरे । यद्यपी, गठबन्धनभित्र विश्वास नभएर घात गरेर जाने हो भने गठबन्धन गर्न आवश्यक नरहेको भन्दै एक्लाएक्लै चुनाव लडेर आफ्नो राजनीतिक दलको नैतिकता बचाउँदा राम्रो भन्दै सुझाएका थिए ।

    साक्षात्कारमा नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनुपर्ने औल्याए । नेता गुरुङले संघीयता, संविधान, धर्मनिरपेक्षता र लोकतन्त्र जस्ता उपलब्धीहरुलाई संस्थागत गर्नका निम्ति गठबन्धनलाई कसिलो, मजबुत वनाएर आगामी निर्वाचनमा जाने तयारी भइरहेको दावी गरे ।

    गठबन्धनमा नेकपा एसलाई तेस्रो स्थान हुने गरी दावी गर्दै लुम्विनी प्रदेशबाट राम कुमारी झाँक्रीसहित ४ जनाको उम्मेदवारी हुने वताए । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एसको दावी रहेकोले एमालेका विष्णु पौडेलविरुद्ध आफूले उम्मेदवारी दिने उनले उद्घोष गरे ।  रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष तेजेन्द्र केसीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij