बिहिवार , भाद्र ९, २०७९
भैरहवा, ९ भदौ ।
रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवल, रुपन्देहीको आयोजना तथा लुम्बिनी क्योकुशिन कराँते–डो संघ बज्र भैरहवा, रुपन्देहीको व्यवस्थापनमा फुलकन्ट्याक्ट कराँते खेलको रुपन्देही जिल्ला छनौट प्रतियोगिता बिहीबार भैरहवामा सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ४० केजी मुनी सुल्तान अली, ४५ केजी मुनी निरज धोबी, ५० केजी मुनी सफिक मुसलमान, ५५ केजी मुनी निरज कुमार केवट, ६० केजी मुनी अनुप श्रेष्ठ, ६५ केजी मुनी दिलिप यादव र पुरुष (खुल्ला)मा विशाल वि.क. छनौट भएका छज् ।
त्यस्तै महिलातर्फ ४० केजी मुनी एन्जल नेपाली, ४५ केजी मुनी तुल्सी अधिकारी, ५० केजी मुनी विन्दु चौधरी, ५५ केजी मुनी सोनाली गुप्ता, महिला (खुल्ला)मा सुषमा नेपाली रहेको निर्णायक सुरज ढकालले बताए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा नवौं राष्ट्रिय खेलकुद २०७९ को रुपदेही मार्शल आर्ट खेलको छनौट संयोजक पराग दास गोर्खालीको संयोजकत्व तथा मुख्य जुरी करुणानिधि त्रिपठाीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij