२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोट्रयाक्ट सेन्ट्रल रुपन्देहीको अध्यक्षमा बिनोद राजभिर जयसवाल 

बिहिवार , भाद्र ९, २०७९

रुपन्देही, ९ भदौ ।
रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको चौथो पदस्थापन तथा धन्यवाद ज्ञापन समारोहबाट अध्यक्षमा बिनोद राजभिर जयसवाल निर्वाचित भएका छन् । मंगलबार बुटवलमा आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट सर्विस प्रोजेक्ट चियर पर्सन एवं गौतमबुद्ध सामूदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमको प्रमुख आतिथ्यता, क्लबका संस्थापक एवम रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डीआरआर लक्ष्मण खरेलको विशिष्ट आतिथ्यता, स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रोटरीयन.हिमाल गौरे, जोन २२ का जेडआरआर रमेश पन्थी, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का पदाधिकारी लगायत अन्य छिमेकी क्लबका अध्यक्ष ,निवर्तमान अध्यक्ष, सदस्यहरुको उपस्थिति रहेको थियो ।

अध्यक्षमा निर्वाचित जयसवाललाई क्लबका संस्थापक एवं विशिष्ठ अतिथि डिष्ट्रिक्ट ३२९२ का डीआरआर लक्ष्मण खरेलले सपथ ग्रहण गराएका थिए । त्यस्तै निवर्तमान अध्यक्ष गोबिन्द पाण्डेले गङ ग्याबेल, अध्यक्ष कोलार, चाटर सर्टिफिकेट हस्तान्तरण गरेका थिए । 

300827089_3703941926499181_2865837181240005154_n.jpg

त्यस्तै जयसवालले आफ्नो कार्यसमिति प्रस्तुत एवं सपथग्रहण गराएर वर्षभरी गरिने कार्यक्रम प्रस्तुत गरेका थिए । नयाँ सदस्यको रूपमा ७ जना सदस्यलाई सपथग्रहण जोन २२ का जेडआरआर रमेश पन्थीले गराएका थिए भने रोट्रयाक्ट डिष्ट्रिक्टको टीमले पिन वितरण गरी नयाँ सदस्यलाई स्वागत गरेका थिए ।

कार्यक्रम संयोजक सुस्मा बस्यालको स्वागत, दिवस खनालको धन्यवाद ज्ञापन तथा क्लबका वर्ष २०२१÷२२ का सचिव अनन्त पन्थी र वर्ष २०२२/२३ का सचिव युकेस मान ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।