२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

श्री बगहा माविको अध्यक्षमा लाल बहादुर उप्रेती

बुधवार , भाद्र ८, २०७९

भैरहवा, ८ भदौ ।
श्री बगहा माध्यमिक विद्यालय रोहिणी गाउँपालिका–१  बगहा, रुपन्देहीको विद्यालय व्यवस्थापन समिति छनौटको लागि बुधबार मतदान भएको छ । मतपरिणामअनुसार सदस्यमा २५० मतका साथ लाल बहादुर उप्रेती, २५० मतका साथ महेन्द्र राजभर, २५२ मतका साथ पुष्पादेवी तेली र २५० मतका साथ सुशिला हरिजन विजयी भएका छन् । त्यस्तै सदस्यका उम्मेदवार अकबाल हुसेनले ९६, नैमुल्लाह धोबीले ९९ र सरिता चमारले ९७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) समर्थित उम्मेदवारको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समर्थित उम्मेदवार भने पराजित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा लाल बहादुर उप्रेती निर्वाचित भएपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । चार जना सदस्यमध्येबाट एक जना अध्यक्ष निर्वाचित हुने व्यवस्था छ । 

निर्वाचित अध्यक्ष उप्रेतीले विद्यालयको विकासमा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले लोकतान्त्रिक पद्दतिअनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको बताए । उनले निर्वाचित व्यवस्थापन समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले विद्यालयको विकासका लागि व्यवस्थापन समितिले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए ।