images

बुधवार, बैशाख १२ गते २०८१

प्रेम गीत ३ को हिन्दी संस्करणमा ४ वटा गीत सार्वजनिक

प्रेम गीत ३ को हिन्दी संस्करणमा ४ वटा गीत सार्वजनिक

images
images
images
बुधवार, भाद्र ८ २०७९
बुधवार, भाद्र ८ २०७९
  • प्रेम गीत ३ को हिन्दी संस्करणमा ४ वटा गीत सार्वजनिक

    रुपन्देही, ८ भदौ ।
    बडादशैंको आगमनसंगै असोज ७ गते स्वर्गीय छेतन गुरुङ तथा सह–निर्देशक सन्तोष सेनद्वारा निर्देशित प्रेम गीत ३ नेपाल र भारतमा हिन्दी संस्करणसहित एकै साथ रिलिज हँदैछ । चलचित्रमा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरुमा सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, समृद्धि शाही ठकुरी, योगीशा खत्री, लक्ष्मी बर्देवा र कृजल गौतमको अभिनय रहेको छ ।

    images

    सन्तोष सेनले निर्माण गरेको यो चलचित्रलाई कुमार सान शाह र ओएसआर डिजिटलले सह–निर्माता गरेका हुन् । फिल्म २०० वर्ष पुरानो प्रेमकथाको वरिपरि घुमेको छ । त्यस्तै भारतीय डब संस्करणमा भारतीय चलचित्र निर्माता सुभाष कालेले निर्माण गरेका हुन् ।
    उक्त चलचित्रको हिन्दी संस्करणमा ४ वटा गीतहरु भारतको जी म्युजिक कम्पनीले भदौ ६ गते २२ सेप्टेम्बरमा सार्वजनिक गरेको छ ।

    हिन्दी संस्करण गीतहरुमा भारतका चर्चित गायकहरुले स्वर दिएका छन् जस्तै जुबीन नौटीयाल, राहत फतेह अली खान, अंकित तिवारी, पलक मुंचल, र देव नेगी रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij