२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित अभियानमा

मंगलवार , भाद्र ७, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, ७ भदौ ।

    प्रमुख प्रतिपक्षी दल एमालेको स्थायी समिति बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा स्थायी समिति बैठक सुरु भएको हो । प्रतिनिधिसभाको जारी बैठक एक सातासम्म स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको हो । आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    एमालेले १२ भदौसम्मको कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार स्थायी समिति बैठक, ९ भदौमा पोलिट्ब्युरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा १२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना गरिने रिजालले बताए । एमालेकै आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आगामी १३ भदौमा बस्ने गरी मंगलबार प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

    एमालेको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी ओलीले चुनावी रणनीतिबारे आफ्ना धारणा राख्ने भएका छन् । एमालेले ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।