२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

क्रियटिभ नेप्लिज ओमन डेनमार्कद्वारा तीज विशेष कार्यक्रम

मंगलवार , भाद्र ७, २०७९

रुपन्देही, ७ भदौ ।
डेनमार्कमा स्थापित नेपाली महिलाहरूको संस्था क्रियटिभ नेप्लिज ओमन, डेनमार्कले मौलिक र आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने हेतुले शनिबार सांझ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । यस वर्ष मौलिकतालाई विषयवस्तु बनाइ सुरुदेखि अन्त्यसम्म यसैभित्र रहि कार्यक्रमको सम्पन्न गरिएको संस्थाले जनाएको छ । 

कार्यक्रमको मुख्य आकर्षण गायिका रीता केसी र स्थानीय कलाकारहरूको  बेजोड प्रस्तुतीले सबै महिला दिदीबहिनीहरूलाई नचाएको थियो । कार्यक्रमलाई  सफल र प्रभावकारी  बनाउनको संस्थाको कार्यसमिति ३ महिनादेखि लागिपरेको संस्थाकी अध्यक्ष सरु पाण्डेले बताइन् ।

राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघ डेनमार्क संघका अध्यक्ष शैलेन्द्र अधिकारीको विशिष्ट आतिथ्यता, पर्चुगल समाजका  अध्यक्ष कृष्ण खनाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा यहाँस्थित विभिन्न संघ–संस्थाहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष सरु पाण्डेको अध्यक्षता, पुनम अधिकारी र सुजिना थापाको स्वागत तथा राधिका आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एभरेस्ट फुड स्ट्री, करी लञ्च रेष्टुरेण्ट, स्मार्ट वेयर र नेप्सो डेनमार्कको सहयोग रहेको थियो ।