२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवल लेडी जेसीजको तीजमिलन तथा सहयोग रकम हस्तान्तरण

सोमवार , भाद्र ६, २०७९

बुटवल, ६ भदौ ।
बुटवल लेडी जेसीजको आयोजनामा तीन्मिलन तथा सहयोग रकम हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले क्यान्सर रोगबाट पीडित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोगवापतको रकम हस्तान्तरण गरेको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेलासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् । उनले तीजमा हुने रमझम र भेटघाटले दिदीबहिनीमा बढाउने भातृत्वले पनि ठूलो भुमिका खेल्ने भएकाले महिलाहरु संगठित र एक भए समाजमा परिवर्तन ल्याउन सकिने बताइन् । 

अधिकारकर्मी आनिक रानाले जिल्लाभरी मात्र नभइ देशैभरी रहेका लैंगिक तथा यौनिक अलपसंख्यक समुदायका लागि गरेको कामको प्रशंसा गर्दै उनले हिम्मत र सबैको प्रार्थनाले रानाले क्यान्सर रोगलाई जित्न सकने शुभेच्छा प्रकट गरिन् । उनले रानाको उपचार सहयोगार्थ जेसीज लगायत अन्य संस्थाले गरेको रकम संकलनको कार्यलाई समेत रानाले समाजमा पारेको सकारात्मक कामको प्रतिफल भएको बताइन् । उनले रानालाई हिम्मत र साहसले नै रोग जित्न सकिने भन्दै हौसला प्रदान गरिन् ।

त्यस्तै कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का बोर्ड सल्लाहकार एवं बुटवल लेडी जेसीजका सल्लाहकार तथा पूर्व अध्यक्ष राधिका पोख्रेलले जेसीज विधिको शासन मानेर चल्ने संस्था भएकाले सामाजिक सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने गरेको बताइन् । उनले लैंगिक तथा यौनिक अल्पसंख्यक पनि समुदायकै व्यक्ति भएकाले उहाँहरुप्रति राखिने दृष्टिकोण परिवर्तन गरी साथ र सहयोग गर्न आवश्यक रहेको औंल्याइन् । तीज पर्वलाई आफ्नो गक्ष अनुसार रमाइलो गरी मनाउन उनले शुभकामना दिइन् ।

कार्यक्रममा बुटवल लेडी जेसिजकी अध्यक्ष अनुपमा श्रेष्ठले पौराणिक महत्व बोकेको तीज नेपालीको ठूलो चाडमध्येको एक भएको बताइन् । उनले महिलाले पनि गर्न सक्छन्, गरेर देखाउनुपर्छ र सफल हुनुपर्छ भन्ने संकेत स्वरुपको पर्व तीजले सबै महिलालाई डटेर अघि बढ्ने साहस दिने विश्वास व्यक्त गरिन् । साथै क्यान्सर रोगबाट ग्रसित आनिक रानाको उपचारार्थ आफुहरुले गर्न सक्ने सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता व्यक्त गरिन् । 

श्रेष्ठले समाजले उपेक्षा गरेको लैंगिक तथा यौनिक अल्पसंख्यकका व्यक्तिलाई संगठित गरेर अघि बढेकी रानालाई सबैको साथ र हौसलाको आवश्यकता रहेको जानकारी दिइन् । उनले आफ्नो कार्यकालमा सो समुदायसंग अझ थप कार्यक्रम गरी उनीहरुप्रतिको सम्मान झल्काउने प्रयास जारी राख्ने बताइन् ।

20220822_173019.jpg

बुटवल लेडी जेसीजका कानूनी सल्लाहकार कमला लम्सालको सञ्चालनमा भएको कार्यक्रम बुटवल लेडी जेसीजका उपाध्यक्ष पुनम पन्थको स्वागत तथा संयोजनमा सम्पन्न भएको थियो ।