
सोमवार , भाद्र ६, २०७९
भैरहवा, ६ भदौ ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले दृष्टिबिहीन विद्यार्थीलाई ल्यापटप हस्तान्तरण गरेको छ । गाउँपालिकाले रोहिणी–४ स्थित औरहवाकी जानकी केवटलाई सोमबार ल्यापटप हस्तान्तरण गरेको हो । दृष्टिबिहीन विद्यार्थीलाई पठनपाठनमा थप प्रोत्साहन होस् भन्ने उद्देश्यले ल्यापटप प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले भने, ‘यसअघि आधारभूत तह स्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई साइकल वितरण तथा सम्मान गरिएको थियो ।’ गाउँपालिकाले शिक्षा क्षेत्रलाई जोड दिदै आएको उनले बताए ।
गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, रोहिणी–१ का वडाअध्यक्ष आविद अली पठानले रुपन्देही केवटलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । केवट हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij