२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सिद्धार्थनगरमा अपांगता परिचयपत्र वितरण

सोमवार , भाद्र ६, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ६ भदौ । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अपांगता परिचयपत्र वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चार प्रकार क, ख, ग, घ मा वर्गीकरण गरी नगरमा रहेका शारीरिक अशक्त व्यक्तिहरुलाई अपांगता परिचयपत्र वितरण गरिएको नगर उपप्रमुख एवं अपांगता परिचयपत्र वितरण समन्वय समितिकी संयोजक उमा अधिकारीले बताइन् ।

    ‘शारीरिक रुपमा अशक्त भएपनि राज्य वा अन्य कुनै निकायबाट सेवा सुविधा प्राप्तीका लागि उनीहरुसगँ कुनै आधार थिएन, उपप्रमुख अधिकारीले भनिन्, वितरण गरिएको परिचयपत्रले उनीहरुलाई सहज हुने विश्वास लिएका छौँ ।

    अपांगता परिचयपत्रका लागि उनीहरुले अपांगता परिचयपत्र वितरण समन्वय समितीमा निवेदन दिएपश्चात चिकित्सक समेत रहेको समितीले अपांगताको किसिम एकिन गरी परिचयपत्रका लागि सिफारिस गर्ने गरेको छ । सिफारिस पश्चात् फोटो सहितको परिचय पत्र नगरपालिकाको कार्यालयले वितरण गर्ने गरेको उनले बताइन् । 

    अशक्त व्यक्तिका अभिभावकहरुलाई भीम अस्पतालका डा. आरिफ हुसेनले आवश्यक सुझाव, सल्लाह समेत दिएका थिए । समितिका सदस्य सचिव विवेक कुमार खनालका अनुसार अपांगता परिचयपत्रका लागि समितिमा ३८ वटा निवेदन परेको छ । निवेदन पश्चात व्यक्तिको स्वास्थ्य र चिकित्सक रिपोर्टहरुको अध्ययन गरेर वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने गरिएको उनले बताए ।