२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

केही दिन पानी नपर्ने, गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह

सोमवार , भाद्र ६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ६ भदौ।मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ ।

    काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।केही दिनयता काठमाडौं उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधि बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम सोमबार ३० डिग्री सेल्सियस पुगेको छ । 

    ‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नोटमा भनिएको छ ।यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा किसानहरू समस्यामा परेका छन् । मधेस प्रदेशलगायतका जिल्लामा तापक्रम उच्च रूपमा वृद्धि भएको छ । खडेरीले रोपेका धान पनि सुक्न थालेका छन् ।न्युज कारखाना