२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै 

सोमवार , भाद्र ६, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं, ६ भदौ  ।सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।


    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । 

    जस कारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बस्न लागेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन । न्युज कारखाना