२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा शैक्षिक सामग्री वितरण

सोमवार , भाद्र ६, २०७९

रुपन्देही, ६ भदौ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार विद्यालयको प्रांगणमा एक समारोहकाबीच परिषदको सेवा कार्यअन्तर्गत कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई  ब्याग, कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायतका शैक्षिक सामग्री वितरण गरिएको परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले बताए । बाँकी १० वटा हिमाली जिल्ला दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्लामा शैक्षिक सामग्रीहरू वितरण गर्ने तयारीम रहेको न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विगत २७ वर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेको र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सरकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गर्न गइरहेको बताए । उनले सामग्री उपलब्ध गराउने भारतीय जनता र भारत सरकार तथा वितरणको समन्वय गर्ने प्राचार्य नीलप्रसाद सुवेदी तथा कार्यक्रममा उपस्थित बाह्रबिसे नगरपालिकाका प्रमुख लगायतलाई धन्यवाद दिए ।

299435349_1012852572721175_2233515350893417341_n.jpg

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले परिषदको यो सेवा कार्यको उच्च प्रसंशा गर्दै शिक्षामा सेवा गरेकोमा परिषदलाई धन्यवाद व्यक्त गरे ।

विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदीले परिषदको यो कार्य आफ्नो विद्यालयमा गरेकोमा परिषदलाई धन्यवाद दिदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, शारदा माध्यमिक विद्यालयका प्राचार्य नीलप्रसाद सुवेदी, ४ नम्बर वडाका वडाध्यक्ष शेखर बहादुर भण्डारी, बाग्मती प्रदेश सचिव सुरेन्द्र भट्टराई, त्रिभुवन विश्वविद्यालय इकाई समिति सह–सचिव निरन्जन पाठक लगायतको उपस्थित रहेको थियो । २०५२ सालमा स्थापना भइ देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै असल व्यक्ति निर्माणका  माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको जनाएको छ ।