२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे

सोमवार , भाद्र ६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • लमजुङ, ६ भदौ ।

    लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ । मालपोत कार्यालय लमजुङकाे रेकर्डअनुसार महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको छ । 

    महिलाको नाममा घरजग्गा किनबेचमा २.५ प्रतिशत छुटको व्यवस्था भएसँगै यो संख्यामा वृद्धि भएको हो ।

    आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा दुई हजार नाै सय १९ जनाले घरजग्गाको कारोबार गरेकोमा एक हजार एक सय ३६ जना महिलाको नाममा कारोबार भएको छ । यस्तै, आर्थिक वर्ष ०७७/७८ मा एक हजार आठ सय ८२ जना महिलाको नाममा घरजग्गाको कारोबार भएको मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठले बताए । 

    सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा नाबालक, सहिद परिवार, उद्योगधन्दा लगायतका शीर्षकमा जग्गाको स्वामित्व लिँदा रजिस्ट्रेसन दस्तुरमा छुट दिने व्यवस्था गरेको छ ।  महिलाको नाममा स्वामित्व हुने गरी जग्गा पास गरे २.५ प्रतिशत छुट दिने व्यवस्था छ । न्युज कारखाना