आइतवार , भाद्र ५, २०७९
भैरहवा, ५ भदौ ।
प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) लुम्बिनी प्रदेशको दोस्रो प्रादेशिक अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले ई.दीपक भट्टराई (रुपन्देही) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । प्रदेश कमिटीको उपाध्यक्षमा ई.नेत्र प्रसाद सपकोटा (बाँके), सचिवमा ई.सुरेश पौडेल (रुपन्देही), सह–सचिवमा ई.विक्रम बाबु केसी (दाङ) र कोषाध्यक्षमा ई.शिशिर ज्ञवाली (गुल्मी) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा ई.संगीता पन्थी (अर्घाखाँची), ई.लुमिस्का ज्ञवाली (रुपन्देही), ई.शान्ता अधिकारी (अर्घाखाँची), ई.सागर अधिकारी (बर्दिया), ई.विरेन्द्र कुवर (प्युठान), ई.नुमन सिजापति (नवलपरासी), ई.हेमराज शाही (रुपन्देही), ई.अभिनास रेग्मी (पाल्पा), ई.अधिश ढकाल (रुपन्देही), ई.विक्रम पौडेल (नवलपरासी), ई.तुल्सीराम वोस्ती (रुपन्देही), ई.अर्जुन अर्याल (रुपन्देही), ई. पि.के. चौधरी (कपिलवस्तु) र ई.सुर्य भण्डारी (गुल्मी) निर्वाचित भएका छन् । त्यस्तै लेखा आयोगको अध्यक्ष ई.दीपक पाण्डे (रुपन्देही) र अनुशासन आयोगको अध्यक्षमा ई.नवसुजित भण्डारी (रुपन्देही) रहेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अब जनताको अवस्था बदल्ने बेला आएको बताए । उनले देशमा व्यवस्था बदलिएसंगै अबको योजना भनेकै जनताको अवस्था बदल्ने भएको बताए ।
त्यस्तै प्रोग्रेसिभ ईन्जिनियर्स एशोसिएन (पिन) का केन्द्रीय उपाध्यक्ष ई.दुजेन्द्र बस्नेतले लोकसेवा आयोगबाट छैठौ तहमा इन्जिनियर दरबन्दी माग गरिने भएकाले त्यसलाई सातौं तहमा पनि माग गर्नुपर्ने बताए ।
प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) लुम्बिनी प्रदेशका अध्यक्ष ई.जीवन अर्यालको अध्यक्षता, ई.छबिन्द्र भट्टराईको स्वागत, एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा, एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज लिला गिरीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, पिन केन्द्रिय कमिटीका अध्यक्ष ई.सुरज लामिछाने, पिन केन्द्रिय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज ई. प्रकाश जि.सी., पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत ई. सुशील ज्ञवाली, पिन केन्द्रीय कमिटी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij