२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभद्वारा निःशुल्क मधमेह परीक्षण शिविर

आइतवार , भाद्र ५, २०७९

भैरहवा, ५ भदौ ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा शनिबार निःशुल्क मधुमेह परीक्षण शिविर भैरहवामा सम्पन्न भएको छ । क्लबले १२ महिना १२ पटक १२ ठाउँमा भन्ने नाराका साथ भैरहवाको बैंकरोडमा शिविर आयोजना गरेको क्लबका वर्ष २०२२/२३ का अध्यक्ष सुनिल सेन्चुरीले बताए । शनिबार १ सय बढीको मधुमेह परीक्षण गरिएको उनले जानकारी दिए । उनले भने, ‘क्लबले मधुमेहलाई फोकस गरेकोले त्यससम्बन्धि कार्यक्रम गरेका हौं । ’

लायन्स क्लब इन्टरनेशनल ३२५ (पी)को सहयोगमा जुलाईबाट शिविर सुरु गरिएको र आगामी दिनमा गाउँगाउँमा पुगेर आयोजना गरिने कार्यक्रम संयोजक तथा क्लबका डायबिटिज चेयरपर्सन राममनोहर जैसवालले बताए । आगामी दिनमा औषधी वितरणसहित वृहत शिविर आयोजना गरिने क्लबले जनाएको छ ।