२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

रुपन्देही क्याम्पसमा भूतपूर्व विद्यार्थीहरुको भेला, अध्यक्षमा आचार्य

आइतवार , भाद्र ५, २०७९

भैरहवा, ५ भदौ । 
भैरहवास्थित रुपन्देही क्याम्पसमा भूतपूर्व विद्यार्थीहरुको भेला शनिबार सम्पन्न भएको छ ।  भेलाले यादव प्रसाद आचार्य (वाई.पी.) को अध्यक्षतामा ११ सदस्यीय भूतपूर्व विद्यार्थी संगठन चयन गरेको छ । संगठनको उपाध्यक्षमा प्रख्यात बन्जाडे, सचिवमा तिरथ विश्वकर्मा, सह–सचिवमा अंकित पौडेल र कोषाध्यक्षमा संगिता सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा शर्मिला शर्मा, एकनारायण अर्याल, गिरीराज खनाल, मधु प्रसाद उपाध्याय, अशोक यादव र दिलीप कुर्मी सर्वसम्मत चयन भएका छन् ।

भेलाले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकारमा चक्र बहादुर थापा, किस्मत विश्वकर्मा र थानेश्वर पाण्डे (प्रकाश) रहेका छन् ।

क्याम्पसका उपप्राध्यापक बसन्त बस्नेतको संयोजकत्व, उपप्राध्यापक विशाल बस्नेतको स्वागत तथा सह–प्राध्यापक मोतिलाल सुवेदीको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रख्यात बन्जाडे, किस्मत विश्वकर्मा, चक्र बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादव प्रसाद आचार्यले आगामी दिनमा क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा सामूहिक सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै क्याम्पस प्रमुख लक्ष्मण ज्ञवालीले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

300181508_3296196410646697_1763397824743235558_n.jpg