२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स भैरहवा लिगेसीद्वारा कामधेनु गौधामलाई पशु आहार हस्तान्तरण

शनिवार , भाद्र ४, २०७९

भैरहवा, ४ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ भैरहवा लिगेसीले गौधामलाई पशु आहार हस्तान्तरण गरेको छ । रुपन्देहीको देवदह नगरपालिका–१० भलुही रोहिणी नगरस्थित कामधेनु गौधाममा रहेका चौपायाको लागि शुक्रबार विभिन्न खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक लायन सुशिल सिंघलले बताए । 

गौधामलाई चना, मकै, भेली (गुड), चोकर लगायतका सामग्री हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए । कृष्ण जन्माष्टमीको अवसर पारेर गौधाममा रहेका ३७० पशु चौपायलाई खाद्यान्न सामग्री (आहार) हस्तान्तरण गरिएको क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ (पी) नेपालका संस्थापक डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले सेवा गर्नु आफैमा महत्वपूर्ण कार्य रहेको बताए । उनले कृष्ण जन्माष्टमीको दिन क्लबले पुनित कार्य गरेको बताए । उनले भने, ‘पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी भएका छौं ।’

IMG-20220819-WA0002.jpg

त्यस्तै लायन्स क्लब इन्टरनेशनल ३२५ (पी) नेपालका फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुन मान सैंजु, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ, एरिया चिफ संगम न्यौपाने लगायतले बोल्दै लायन्स भैरहवा लिगेसीले सराहनीय कार्य गरेको बताए ।

लायन्स क्लब अफ भैरहवा लिगेसीका संस्थापक सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

IMG-20220819-WA0004.jpg