२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

लुम्बिनी फोटोग्राफर संघद्वारा विद्यालयलाई सहयोग

शुक्रवार , भाद्र ३, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • रुपन्देही, ३ भदौ । 
    विश्व फोटो ग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको दोस्रो दिन संघले रुपन्देहीको तिलोत्तमास्थित टिकुलीगढ माध्यमिक विद्यालयमा सहयोग गरेको छ । संघले एक कार्यक्रमकाबीच उक्त विद्यालयमा अधययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

    शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता, नेपाल फोटोग्राफर महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र उपाध्यायको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश अर्याल,प्रअ शंकरदत्त उपाध्याय लगायतको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रममा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष पन्थले बताए ।