
सोमवार , मंसिर १५, २०७७
गुल्मी १५,मंसिर । पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा सांसद गोकर्ण बिष्टले शहरमा पाउने स्वास्थ्य सेवा गाउँमै पाउने बताएका छन् । धुर्कोट गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बिष्टले अस्पताल जनताका एक आधारभुत आबश्यकता भित्र पर्ने भएकाले स्थानिय तहमा अस्पताल निर्माण गर्नका लागि शिलान्यास गरिएको मन्त्री बिष्टले बताएका छन् ।
एक स्थानिय तह एक अस्पतालका भवन शिलान्यासका लागी गृह जिल्ला गुल्मी पुगेका बिष्टले भवन शिलान्यास कार्यक्रममा अस्पताल निर्माणमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गर्दै जग्गा दिएर सहयोग गरेकोमा सबैलाई धन्याबाद ब्यक्त गरेका थिए । सबै स्थानिय तहले अस्पताल निर्माणको लागि टेण्डर आह्रावन गरि तत्काल निर्माणको काम सुरु गर्न सांसद बिष्टले आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, प्रहरी उपरीक्षक प्रवीन लाल श्रेष्ठ, सशस्त्र प्रहरी गुल्मीका प्रमुख असोक कुमार लम्साल, नेपाल कम्युनिष्ट पार्टी गुल्मीका सचिब बिर बहादुर कार्की, स्थानिय तहका जनप्रतिनिधि, जिल्ला अस्पताल गुल्मीका प्रमुख डा. उत्तम पच्या, पत्रकार लगाएत बिभिन्न राजनैतिक दलको उपस्थिती रहेको थियो ।
मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाको मन्त्री बिष्टले शिलान्यास गरेका थिए । त्यस्तै रुरु गाउँपालिका, गुल्मी दरवार गाउँपालिका र छत्रकोट गाउँपालिकामा लुम्बीनी प्रदेश सभा सदस्य तथा बिशेष अधिकार समिति संयोजक कमलराज श्रेष्ठले शिलान्यास गरेका थिए ।
सत्यवती गाउँपालिका र रुरु गाउँपालिका लुम्बीनी प्रदेश सामाजिक बिकाश मन्त्री सुदर्शन बरालले शिलान्यस गरेका हुन् । चन्द्रकोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको शिलान्यास सरकारका प्रबक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गरेका थिए ।
गुल्मीको रेसुङ्गा नगरपालिका अन्तर्गत गुल्मी अस्पताललाई ७० करोडको लगानीमा १ सय शैयाको बनाईने भएको छ । इस्मा गाउँपालिकामा १६ करोड १८ लाख धुर्कोट गाउँपालिकामा १८ करोड १६ लाख मदाने गाउँपालिकामा १८ करोड १६ लाख ,मालिका गाउँपालिकामा १८ करोडमा अस्पतालहरु बन्दै छन् ।
जिल्लाका सबै स्थानिय तहमा १८ करोड बराबरका रकममा शिलान्यास भएका भवनहरुको निर्माण २ बर्षमा समपन्न हुने छ । अबको दुई बर्षमा निर्माण गरिएका अस्पतालमा १ एमएमबिएस डाक्टर र २ जना स्टाफ नर्स रहनेछन् । मालिका गाउँपालिकामा यहि १७ गते शिलान्यास सांसद बिष्टले गर्ने मालिका गाउँपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij