२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

जनसांस्कृतिक महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो बैठक सम्पन्न

बिहिवार , भाद्र २, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २ भदौ ।
    जनसांस्कृतिक महासंघ, नेपाल लुम्बिनी प्रदेशको दोस्रो बैठक भर्चुल माध्यमबाट सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यता, महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको विशेष आतिथ्यता, जनवादी गायक झंकार बुढामगर, महासंघका उपाध्यक्ष सुविन चौधरी, उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज प्रगति महराको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

    जनसांस्कृतिक महासंघ केन्द्रले जारी गरेको परिपत्रको ‘एक पालिका एक संगठन जनतासँग जनसांस्कृतिक महासंघ’ भन्ने मूल नारालाई कार्यान्वयन गर्न, महासंघको लुम्बिनी प्रदेश कार्यालय टीम निर्माण गर्न र लुम्बिनी प्रदेश जनकलाकार संघको संयोजक तोक्न उक्त बैठक बसेको इञ्चार्ज प्रगती महराले जानकारी दिए ।

    बैठकमा प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष प्रगति महराले तत्कालै बैठक बसी आवश्यक निर्णय लिनुपर्ने भएकाले वर्षायामका कारण टाढाटाढाबाट केन्द्रित हुन १/२ दिन लाग्न सक्ने हुँदा भौतिक रूपमा असोजमा बस्ने गरी अहिले भर्चुल बैठक बसेको बताए ।

    कार्यक्रममा प्रमुख अतिथि सुदर्शन बरालले कवि तथा कलाकार परिवर्तनका संवाहक रहेको तर पार्टीबाट राजनीतिक संघर्षका कारण पछिल्लो चरण जनयुद्धकालीन कवि तथा कलाकारहरूलाई संरक्षण गर्न नसकेको बताए । त्यसै गरी जनवादी गायक झंकार र उपाध्यक्ष सुविनले कलाकारहरूले आफ्नो निरन्तर अस्तित्वको लागि आफैतिर फर्कनुपर्ने र आफूले कति गरियो भन्नेतर्फ सोच्नुपर्ने बताए ।

    महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले महासंघले दुईमहिने अभियान सुरु गर्ने र राष्ट्रव्यापी अभियान सञ्चालन गर्न लागिरहेको बताए । महासंघका लुम्बिनी प्रदेश संयोजक कविराज पौडेलको अध्यक्षतामा भएको बैठकको सहजीकरण प्रदेश सचिव मनि अर्यालले गरेका थिए ।