२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

साई ग्लोबलमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण

बिहिवार , भाद्र २, २०७९

भैरहवा, २ भदौ । 
साई ग्लोबल एकेडेमी साई ग्लोबल सेकेण्डरी स्कूल एण्ड कलेज सिद्धार्थनगर–८, रुपन्देहीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुका लागि बुधबार भैरहवामा अभिमुखीकरण कार्यक्रम गरेको छ । २०७८ सालको एसईई परीक्षामा उत्तीर्ण भइ कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको विद्यालयका प्राचार्य कौशलराज गौतमले बताए । प्राचार्य गौतमका अनुुसार यो शैक्षिक सत्रमा विद्यालयमा कक्षा ११ मा ४२५ जना विद्यार्थी भर्ना भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले अनुशासन र समर्पणले मानिस सफल हुन सक्ने बताए । उनले साई ग्लोबललाई राम्रो र नमूना विद्यालयको रुपमा परिचित गराउन विद्यालयको सम्पूर्ण टीमको भूमिका महत्वपूर्ण रहने बताए ।

साई ग्लोबल एकेडेमीका अध्यक्ष हरि बहादुर थापाले विद्यार्थीहरुका लागि योग कक्षा पनि सञ्चालन गरिने बताए ।

एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले साई ग्लोबल उत्कृष्ट माविको रुपमा सम्मानित भएको बताए । उनले उच्च शिक्षाका लागि भैरहवा बाहिर जानु नपर्ने बताए । उनले भने, ‘हामीसँग आत्मीयता र अनुशासन छ, त्यसकारण हामी अगाडी बढिरहेका छौं । ’

कार्यक्रममा एकेडेमीका सल्लाहकार राजु ढकाल, प्राचार्य कौशलराज गौतम लगायतले विद्यार्थीहरुले अनुशासनमा रही पढाइमा ध्यान दिनुपर्ने बताए ।

300147180_3182460072064295_1270858105173772667_n.jpg

साई ग्लोबल एकेडेमीका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षता, एकेडेमीकी निर्देशक अनिता अमात्यको स्वागत तथा सञ्चारकर्मी खेमराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा प्रशिक्षक विजयराज सिग्देलले विद्यार्थीहरुमा उत्प्रेरणा जगाउने विषयमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै कार्यक्रममा हास्य कलाकार तथा कमेडी च्याम्पीयन सिजन २ का विजेता भरतमणी पौडेलको प्रस्तुती रहेको थियो । त्यसै गरी विद्यार्थीहरुले नृत्य प्रस्तुती गरेका थिए ।