
बुधवार , भाद्र १, २०७९
भैरहवा, १ भदौ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सातौं पदस्थापन समारोह भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष डा. सत्तदल चौधरीले वर्ष २०२२/२३ का अध्यक्ष वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेललाई पद हस्तान्तरण गर्नुभएको कार्यक्रम संयोजक प्रिया बन्धु न्यौपानेले बताए ।
क्लबको वर्ष २०२२/२३ को प्रेसिडेण्ट इलेक्टमा राम बहादुर कोइरी, प्रेसिडेण्ट नोमिनीमा प्रिया बन्धु न्यौपाने, प्रथम उपाध्यक्षमा उर्मिला सिलवाल, द्वितीय उपाध्यक्षमा राम प्रसाद अर्याल, तृतीय उपाध्यक्षमा गौतम गुप्ता, सचिवमा बिना भण्डारी पाठक, कोषाध्यक्षमा बासु बडाल, सह–सचिवमा दिनेश पौडेल र सह–कोषाध्यक्षमा अनिल गुप्ता रहेका छन् ।
त्यस्तै सजेन्ट एट आमर्समा टंक बहादुर दर्लामी, क्लब मेन्टरमा हिरा बहादुर शाह, क्लब ट्रेनरमा कृष्ण पाण्डे, एडिटरमा सुनिल सेठिया, क्लब एडमिनिष्ट्रेशनमा प्रिया बन्धु न्यौपाने, मेम्बरसीप चेयरमा कृष्ण प्रसाद अधिकारी, पब्लिक रिलेशन चेयरमा महेश भट्ट, सर्भिस प्रोजेक्ट चेयरमा गंगाधर भण्डारी, रोटरी फाउण्डेशन चेयरमा धर्मवीर शर्मा, लिटरेसी चेयरमा दीपक वर्नवाल र सर्पोटिङ इनभारमेन्टमा सुदर्शन पौडेल रहेका छन् ।
कार्यक्रममा बोल्दै रोटरी वर्ष २०२२/२३ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले स्थापनाकालदेखि नै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रचनात्मक कार्य गर्दै आएको बताए ।
क्लबका वर्ष २०२२/२३ का अध्यक्ष वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलको अध्यक्षता, रोटरी वर्ष २०२२/२३ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुको प्रमुख आतिथ्यता, निवर्तमान डिष्ट्रिक गभर्नर सन्तोष रिजाल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको विशिष्ट आतिथ्यता, डिष्ट्रिक सर्भिस प्रोजेक्ट चेयर एजाज आलम, डिष्ट्रिक रोटरी फाउण्डेशन चेयर राजेन्द्र लम्साल, असिस्टेन्ट गनर्भर राजु खनालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij